दाङमा दुई बस आपसमा ठोक्किदा २२ जना घाइते

Newslaya Home

दाङमा दुई बस आपसमा ठोक्किदा २२ जना घाइते

सोमबार ०४, कार्तिक २०७६

दाङ । दाङको घोराही बर्गदुवामा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

सोमबार बेलुकी घोराही–लमही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्बर–३, वर्गदुवा चोकमा दुई बस एकापसमा ठोक्किँदा २२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराहीबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ३९५३ नम्बरको बस र लमहीबाट घोराही आउँदै गरेको लु १ ख ९६७९ नम्बरको बस आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा दुवै बसका २२ जना यात्रुहरु घाइते भएको हुन् । घाइतेहरुको उपचार राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान घोराहीमा भइरहेको प्रहरीले जनाएको छ ।