निश्चल र स्वस्तिमा अभिनित चलचित्र ‘घामड शेरे’ माथि चोरीको आरोप

Newslaya Home

निश्चल र स्वस्तिमा अभिनित चलचित्र ‘घामड शेरे’ माथि चोरीको आरोप

सोमबार ०४, कार्तिक २०७६

काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनीत चलचित्र ‘घामड शेरे’लाई चोरीको आराप लागेको छ । ट्रेलर सार्वजनिक भएसँगै चलचित्रलाई बलिउड चलचित्र ‘ओ माई गड’को कथा वस्तु चोरीको आरोप लागेको हो ।

बलिउड चलचित्र ‘ओ माई गड’ मा भगवानलाई र “घामड शेरे” मा खोलालाई मुद्धा हाल्ने विषयवस्तुमा कुनै अन्तर नभएको ट्रेलर हेर्ने दर्शकहरुले विभिन्न किसिमका चोरीको टिका–टिप्पणी गरेका छन् । चलचित्र निर्देशक हेमराज विसीले यो विषयमा बोल्दै कथावस्तु ‘ओ माई गड’ सँग नमिल्ने दाबी गरेका छन् । उनले चलचित्रको कथाको खाका ‘होस्टेल’ अगाडि नै तयार गरेको र त्यती बेला ‘ओ माई गड’ प्रदर्शनमा नआएको पनि उल्लेख गरेका छन् ।

ट्रेलर हेरेर मात्र चलचित्रको कथावस्तु थाहा नहुने र चलचित्र प्रदर्शनमा आएपछि दर्शकहरुले कथावस्तु विल्कुलै फरक पाउँने निर्देशकले जनाएका छन् ।

निर्देशक हेमराजले दर्शकलाई झुक्याउन नसक्ने र कपी नै गर्नुपरे आधिकारिक रुपमा राइट्स लिएरै गर्ने जनाएका छन् । आफ्नै जन्मथलो सुर्खेतमा चलचित्र खिचेका निर्देशक विसीले चलचित्रको कथावस्तु पनि सुर्खेतको आसपासमा घटेको एउटा घटनासँग नजिक भएर बनेको स्पष्टिकरण दिएका छन् ।

उक्त चलचित्र कार्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदै छ ।