विराटनगरमा ५ ग्राम खैरो हिरोईन सहित एक जना पक्राउ

Newslaya Home

विराटनगरमा ५ ग्राम खैरो हिरोईन सहित एक जना पक्राउ

सोमबार ०४, कार्तिक २०७६

मोरङ । विराटनगर महानगरपालिका–१५ स्थित अबैध लागु औषध सहित १ जनालाई पक्राउ गरिएको छ ।

सोमबार बिहानको समयमा प्रहरीको टोलीले १ नम्बर ढाटबाट बेलबारी नगरपालिका–६ घर भएका ४० वर्षीय सिद्धि गिरीलाई पक्राउ गरेको हो ।
चेकजाँचका क्रममा उनको साथबाट ५ ग्राम २५० मिलि ग्राम खैरो हिरोईन बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गिरीको थप अनुसन्धान कार्य भइरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।