तीनदिने अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सोमबारदेखि हुँदै

Newslaya Home

तीनदिने अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सोमबारदेखि हुँदै

सोमबार ०४, कार्तिक २०७६

काठमाडौं । काठमाडौंमा तीनदिने अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको आयोजना गरिएको छ ।

सोमबार सम्मेलनको उद्घाटन गर्दै उप–राष्ट्रपती नन्दबहादुर पुनले विदेशमा छरिएर रहेका युवा वैज्ञानिकलाई फर्केर स्वदेशकै हितमा काम गर्न अनुरोध गरेका छन् ।
विज्ञान तथा प्रविधिको क्षेत्रको विकास गर्नका लागि ‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराको साथ आयोजितत सम्मेलनमा २० देशका युवा वैज्ञानिकहरुले सहभागी जनाउने छन् ।

उपस्थित युवा वैज्ञानिकले १८ वटा मुख्य विषयमा आफ्नो भनाइ राख्ने, लगभग १ सय ५० विषयमा कार्यपत्र प्रस्तुत गर्नेलगायत विज्ञान, प्रविधिक विषयक १० वटा प्रदर्शनी कक्ष रहेको जनाइएको छ ।

सहभागीहरुको विचारमार्फत मुलुकभित्र रहेका युवालाई नविनतम कामका लागि अभिप्रेरित गर्न र नीति निर्माण तहमा समेत सुझाव प्राप्त हुने अपेक्षा गरिएको नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले जानकारी दिए।