जम्मू–कश्मीरमा भएको आक्रमणमा परि दुई गोर्खा सैनिकको मृत्यु

Newslaya Home

जम्मू–कश्मीरमा भएको आक्रमणमा परि दुई गोर्खा सैनिकको मृत्यु

सोमबार ०४, कार्तिक २०७६

एजेन्सी । जम्मू–कश्मीरको कुपवारा जिल्लामा भएको गोलाबारीमा दुई जना गोर्खा सैनिकको ज्यान गएको छ । आइतबार भएको आक्रमणमा परि एक जना नेपाली नागरिक र अर्को एक जना नेपाली मूलका भारतीय सैनिकको ज्यान गएको छ ।


उक्त आक्रमणमा नेपालको पाल्पा घर भएको राइफल म्यान गामिल कुमार श्रेष्ठ र भारतको आसाम गोलाघाट जिल्लास्थित हतिखुली घर भएको पद्म बहादुर श्रेष्ठ साथै एक भारतीय नागरिकको मृत्यु भएको हो ।


भारतीय सेनाका प्रधान सेनापति जनरल विपिन रावतले दुई जना सैनिकको निधनलाई लिएर दुःख व्यक्त गरेका छन् ।

आक्रमणमा तीन सेनासहित ८ जना घाईते भएको भारतीय प्रहरीले दाबी गरेको छ । गएको अगष्ट ५ मा जम्मू(कश्मीरलाई विशेष राज्यको मान्यता दिने धारा ३७० खारेजपछि भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको छ । यो सँगै भारत र पाकिस्तानले एकअर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।