विश्व कराते च्याम्पियनसीपमा तीन नेपाली सम्मानित

Newslaya Home

विश्व कराते च्याम्पियनसीपमा तीन नेपाली सम्मानित

सोमबार ०४, कार्तिक २०७६

एजेन्सी । ब्राजिलमा सम्पन्न विश्व कराते च्याम्पियनसीपमा तीन जना नेपाली सम्मानित भएका छन् ।

बारा निजगढ नगरपालिका–३ सिंगौलका पूर्वखेलाडी समेत भएका नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका महासचिव दीनेश शर्मा सम्मानित भएका छन् । प्रतियोगितामा सहभागी हुने खेलाडी लिएर ब्राजिल पुगेका प्रशिक्षक शर्मालाई नेपालमा मार्सल आर्ट खेलको विकास र विस्तारमा योगदान पुर्‍याएको भन्दै
एप्रिसेसन अवार्ड र गोल्ड मेडलबाट सम्मानित गरिएको हो ।

प्रतियोगिताको ६०–६५ किलोको खुल्ला प्रतिस्पर्धामा कुमुतेतर्फ कास्य पदक हात पार्न सफल नेपालका राजकुमार दराई साथै टिम मेनेजर रामकृष्ण श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।