‘लाइफ ड्यामेज’ बाबाले गरे ‘लाइफ म्यानेज’

Newslaya Home

‘लाइफ ड्यामेज’ बाबाले गरे ‘लाइफ म्यानेज’

सोमबार ०४, कार्तिक २०७६

काठमाडौं । केहि समयबाट युट्युब लगायत समाजिक संजालहरुमा भाइरल बन्दै आएका अघोरी बाबाले बिवाह गरेका छन् । अघोरी बाबाले कार्यक्रमका लागि चितवन जाँदा विबाह गरिसकेको कुरा एक भिडियो मार्फत् सार्वजानिक गरेका हुन् ।

आफ्नो मन मिल्ने जीवनसाथी पाएको भन्दै दुवै जनाले एकसाथ खुसी समेत व्यक्त गरेका छन् । भाइरल बाबा ‘लाइफ ड्यामेज’ले दिएको अन्र्तवार्तामा उनले आफु बैवाहिक बन्धनमा बाँधिएको जानकारी गराएका छन् ।

‘लाइफ ड्यामेज’ भन्दै युवा माझ चर्चित बाबाले विवाह गरेको भन्दै सिन्दुर लगाकी आफ्नी जिवनसाथीलाई पनि सार्वजनिक गरेका छन् । अवको बाँकि जिवन आफुहरु दुःख सुखकासाथ काट्न तयार रहेको बताउदै आफुहरु एक भएको उनीहरुले बताएका छन् ।