नफ्याँक्नुस् कागतीका बोक्रा, यस्ता छन् फाइदा

Newslaya Home

नफ्याँक्नुस् कागतीका बोक्रा, यस्ता छन् फाइदा

सोमबार ०४, कार्तिक २०७६

गर्मीमा मानिसहरू अत्यधिक कागती सेवन गर्छन् । पौष्टिक गुणले भरपूर कागतीले शरीरलाई अनेकौं रोगबाट टाढा राख्छ । तर हामी कागतीको बोक्रालाई भने बेकार ठानेर फ्याँकिदिन्छौं । यसको बोक्रामा भएको पेक्टिन नामक तत्त्वले शरीरमा जमेको अतिरिक्त बोसोलाई घटाउँन मद्दत गर्छ । यसका अन्य फाइदा यसप्रकार छन्ः

तनावः आजकल हरेक व्यक्ति तनावमा हुन्छन् । तनावबाट छुटकारा पाउनका लागि कागतीको बोक्रा उत्तम उपाय हो । यसमा भएको फ्लेभोनाइडले तनाव घटाउन सहायता गर्छ ।

क्यान्सरः कागतीको बोक्रामा भएको तत्त्वले क्यान्सर जस्तो गम्भीर रोगबाट लड्न पनि मद्दत गर्छ ।

दाँतः कागतीको बोक्रामा दशवटा कागतीको रसभन्दा १० गुणा बढी भिटामिन र क्याल्सियम पाइन्छ । यसले दाँतसम्बन्धी समस्या हटाउँछ ।

मुटुः पोटेसियमले भरिएको कागतीको बोक्राले रक्तचापलाई नियन्त्रणमा राख्छ । यसले हृदयघात र मधुमेह जस्ता रोगबाट पनि बचाउँछ ।

छालाः कागतीको बोक्राले छालासम्बन्धी समस्या हटाउँछ । यसमा भएको एन्टीअक्सिडेन्टले छाला निखार्छ ।