चार किलो सुनसहित एयर होस्टेस पक्राउ

Newslaya Home

चार किलो सुनसहित एयर होस्टेस पक्राउ

आइतबार ०३, कार्तिक २०७६

काठमाडौं । भारतको मुम्बई विमानस्थलमा एक एयर होस्टसलाई चार किलो सुनसहित पक्राउ गरिएको छ ।

आरोपित एयर होस्टेस दुबईबाट मुम्बई पुगेकी थिइन् । उनको ब्यागबाट चार किलो सुन बरामद गरिएको हो । बजारमा त्यसको मूल्य डेढ करोड रुपैयाँभन्दा बढी छ ।

उनले सुन राखिएको ब्याग अन्तर्वस्त्रहरूको बीचमा लुकाएर राखेकी थिइन् ।

अधिकारीहरूका अनुसार, दुबईको एक निजी विमानबाट ती एयर होस्टेस शनिबार मुम्बई विमानस्थल पुगेकी थिइन् । उनले अवैध रूपमा सुनलाई ब्यागमा लुकाएर लाने कोशिश गरिरहेकी थिइन् । शंका लागेपछि अधिकारीहरूले उनलाई सोधपुछ गरेका थिए ।

खानतलाश गर्दा अन्तर्वस्त्रभित्र सुन लुकाइएको पाइयो ।