छोरीलाई दाइजोमा भालु र सर्प

Newslaya Home

छोरीलाई दाइजोमा भालु र सर्प

आइतबार ०३, कार्तिक २०७६

सिराहा । विवाह कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानुनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट चलन अझै हटिसकेको छैन ।

तराईमा दाइजोमा नगदसँगै सवारी साधनसम्मको पनि माग गरिन्छ । तर, तराईमै बसोबास गर्ने मुस्लिम समुदायअन्तर्गतको नट जातिले विवाह कर्ममा दाइजोमा गरगहना नभइ भालु र सर्प दिने गर्दछन् ।

सिरहा सुखीपुर–८ का साविरले छोराहरुलाई पनि भालु नै अंश दिएका छन् । बाजेको शेषपछि अंशमा पाएको भालुबाट साविरका बुबा अबु मोहम्मद र काका फूल मोहम्मदले पुख्र्यौली पेसा अँगाल्दै चटक देखाएर गुजारा चलाइरहेका छन् ।