रोनाल्डोको गोलमा युभेन्ट्सको जित

Newslaya Home

रोनाल्डोको गोलमा युभेन्ट्सको जित

आइतबार ०३, कार्तिक २०७६

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको गोलमा युभेन्ट्सले सिरि ए फुटबलमा जित हात पारेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले पाहुना टोली बोलोग्नामाथि २–१ को जित निकाल्न सफल भएको हो ।

खेलको १९ औ मिनेटमा रोनाल्डोले घरेलु टोली युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले अघिल्लो सातामात्र कीर्तिमानी ७ सय गोल पुरा गरेका थिए ।

लारान्गेराले २६ औ मिनेटमा गोल गर्दै खेल पाहुना टोलीलाई बराबरीमा ल्याएका थिए । पजनीले ५४ औ मिनेटमा युभेन्ट्सका लागि विजयी गोल गरे ।

युभेन्ट्सका लिजेन्ड जियानलुईगी बुफोन केही उत्कृष्ट बचाउ गर्दै क्लबको हार टारेका थिए । उनले फेडेरिको सेन्टेन्डरको ओभर हेड किकलाई शानदार तरिकाले बचाउ गरेका थिए । शीर्ष स्थानको युभेन्ट्सले ८ खेलबाट २२ अंक जोडेको छ । बोलोग्ना ९ अंक सहित तालिकाको १२ औ स्थानमा छ ।