सावधान ! तातो चियाले बढाउँछ क्यान्सरको सम्भावना

Newslaya Home

सावधान ! तातो चियाले बढाउँछ क्यान्सरको सम्भावना

आइतबार ०३, कार्तिक २०७६

चिया प्रेमीहरुलाई यो समाचार नराम्रो लाग्न सक्छ, कतिले त यसलाई पत्याउन पनि गाह्रो मान्लान् । तर, पछिल्लो समय गरिएको एक अध्ययनले चियाका पारखीहरु सचेत हुनुपर्ने एउटा निष्कर्ष निकालेको छ । तातो चिया पिउँनेहरुमा क्यान्सर हुने सम्भावना ९० प्रतिशतले बढी हुन्छ । झन् जो मानिसहरु ७५ डिग्री सेल्सियस तापक्रमको चिया पिउँछन्, उनीहरुमा यस्तो सम्भावना दुई गुणा बढी हुन्छ ।

अमेरिकाको क्यान्सर सोसाइटीले गरेको अनुसन्धानअनुसार कपमा चिया राखेको चार मिनेटपछि मात्र पिउने हो भने पनि खाद्यनलीको क्यान्सर हुने सम्भावना निकै कम हुन्छ । यो अध्ययनका लागि ५० हजार मानिसहरु सामेल गरिएको थियो । उनीहरुको उमेर ४० देखि ७५ वर्षसम्मको थियो । यसमा के पाइयो भने जो दैनिक तातो चिया पिउँथे, उनीहरुमा क्यान्सर हुने सम्भावना ९० प्रतिशत बढी भेटिएको थियो ।