२०७६ कार्तिक ०३ गते आइतबारको राशिफल

Newslaya Home

२०७६ कार्तिक ०३ गते आइतबारको राशिफल

आइतबार ०३, कार्तिक २०७६

मेष । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । समाजसेवातर्फ आकर्षित भइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

वृष । इनाम र प्रतिष्ठा कमाउने बेलाछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । विद्या र बुद्धिको विकास हुनेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ ।

मिथुन । वैदेशिक कार्य अघी बढ्नेछ । रुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ ।

कर्कट । मनमा सङ्का उत्पन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला ।

सिंह । आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । व्यक्तिगत काममा पनि सफलता हात पर्नेछ । पुनर्मिलनको योगपनि रहेको छ ।

कन्या । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ ।

तुला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ ।

वृश्चिक । आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्नेछ । वैदेशिक क्षेत्र कमजोर हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

धनु । दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साथीभाइबाट हौसला प्राप्त हुनेछ । अध्ययन अध्यापन सफल रहेको छ ।

मकर । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कुम्भ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । पारिवारिक सद्भाव बढ्नेछ ।

मीन । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ ।