सोलुखुम्बुमा एकै दिन दुई व्यक्तिको शव फेला

Newslaya Home

सोलुखुम्बुमा एकै दिन दुई व्यक्तिको शव फेला

शनिबार ०२, कार्तिक २०७६

सोलुखुम्बु । सोलुखुम्बुमा शनिबार दुई वटा शव फेला परेका छन् । खुम्बुपासाङल्हामु गाउँपालिका–२ लुक्लाको एक होटेलमा एक जना र सोलुदुधकुण्ड नगरपालिका–८, केरुङमा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

लुक्लाको याक होटलमा सोलुदुधकुण्ड नगरपालिका–९ घर भएका ४० वर्षीय वीर बहादुर तामाङ मृत अवस्थामा फेला परेका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिएका छन् ।

यस्तै, नगरपालिका–८ केरुङमा स्थानीय ५५ वर्षीया कमिनी शेर्पाको शव फेला परेको सोलुखुम्बु प्रहरीले जनाएको छ । कमिनी शेर्पाको शव स्थानीय पुला शेर्पाको घरको शौचालय अगाडि फेला परेको प्रहरीको भनाइ छ ।

फेला परेका दुवै शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु लगीएको छ भने घटनाको विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।