धरानका एक असईले गरे एकल महिलालाई बलात्कार

Newslaya Home

धरानका एक असईले गरे एकल महिलालाई बलात्कार

शनिबार ०२, कार्तिक २०७६

धरान । धरान–४ स्थित पत्रांवारीका अस्थायी प्रहरी चौकीमा कार्यरत असई पिताम्बर अधिकारीलाई एक एकल महिलामाथि यौन दुव्यवहार गरेको आरोप लागेको छ । असई अधिकारीको विरुद्ध बोल्न नसक्ने ती महिलालाई करणी गरेको भन्दै स्थानीय एक महिलाले किटानीसहित ठाडो उजुरी दिएकी छन् ।

उक्त बिषयमा इलाका प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको छ । अधिकारीविरुद्ध करणी गरेको निवेदन परेपछि ४ नं वडा कार्यालयका सदस्य धनबहादुर कुलुङको रोहबरमा शनिबार प्रहरीले मुचुल्का उठाएको छ ।

यस विषयमा इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको एक प्रहरी अधिकृतले जानकारी दिएका छन् । उनका अनुसार केही दिन अघि मादक पदार्थ सेवनको उजुरी पछि इलाका तानिएको थियो । फेरी गम्भीर प्रकृतिको उजुरी आएको र अनुसन्धान भइरहेको उनले बताएका छन् ।

असई अधिकारी पत्रांंवारीमा हुदा स्थानीयहरुसँग असुली गर्ने, रक्सीले मातेर मथ्थु भएर हिड्ने गरेको स्थानीयले बताएका छन् ।