साइबेरियामा बाँध भत्कँदा १५ जनाको मृत्यु

Newslaya Home

साइबेरियामा बाँध भत्कँदा १५ जनाको मृत्यु

शनिबार ०२, कार्तिक २०७६

काठमाडौं । रुसको साइबेरियास्थित क्रास्नोपार्क्स् क्षेत्रमा बाँध भत्कँदा १५ जनाको मृत्यु भएको छ भने १३ जना हराइरहेका छन् ।

घटनामा घाइते भएका १४ जना सुनखानीका मजदुरलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

शनिबार भारी वर्षापछि आएको बाढीका कारण बाँध भत्किएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।