चार किलो चाँदीसहित एक जना पक्राउ

Newslaya Home

चार किलो चाँदीसहित एक जना पक्राउ

शनिबार ०२, कार्तिक २०७६

सिरहा । प्रहरीले बरियारट्टी गाउँपालिकाबाट चार किलो चाँदीको गहनासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रंगेली–९ मोरङ्गका उमेश विश्वकर्मा रहेका छन् । भारतीय बजारबाट नेपाल आउँदै गर्दा विश्वकर्माको साथबाट चाँदीको गहना बरामद भएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए ।