गुगल क्रोमभन्दा फायरफक्स सुरक्षित

Newslaya Home

गुगल क्रोमभन्दा फायरफक्स सुरक्षित

शनिबार ०२, कार्तिक २०७६

काठमाडौं । गुगल क्रोम ब्राउजर सबैभन्दा लोकप्रिय ब्राउजर हो । तर, जर्मनीको संघीय सूचना सुरक्षा कार्यालयले चाहिँ क्रोम ब्राउजर गोपनीयता तथा डाटा सुरक्षाको दृष्टिले जोखिमपूर्ण रहेको बताएको छ ।

इन्टरनेटमा प्राइभेसी तथा सेक्योरिटीको चिन्ता हुनेले क्रोम ब्राउजर प्रयोग नगर्नु उपयुक्त हुने उक्त कार्यालयले जनाएको छ । इन्टरनेट सुरक्षासम्बन्धी जर्मनीको उक्त संघीय निकायका अनुसार मोजिल्लाको फायरफक्स सबैभन्दा सुरक्षित इन्टरनेट ब्राउजर हो ।

गुगलको क्रोम मात्र होइन, माइक्रोसफ्टको एज र इन्टरनेट एक्सप्लोरर पनि मोजिल्लाभन्दा असुरक्षित रहेका छन् ।

उक्त निकायले जर्मनीका सरकारी कार्यालय तथा अधिकारीहरूलाई साइबर सुरक्षाको बारेमा सचेत गराउँदै फायरफक्स ब्राउजर प्रयोग गर्न अनुरोध गरेको छ ।

क्रोम, एज तथा इन्टरनेट एक्सप्लोररमा मास्टर पासवर्ड राख्न मिल्ने नहुनु नै सुरक्षाको दुष्टिले फायरफक्सले पछि पार्नु बताइएको छ । जर्मन एजेन्सीले सुरक्षित वेब ब्राउजरको लागि तय गरेका सबै मापदण्डहरूमा मोजिल्ला सफल देखिएको छ भने क्रोमलगायतका ब्राउजहरुहरुले सुरक्षाका सबै मापदण्ड पूरा गर्न सकेका छैनन् ।