‘बादशाह जुट’को नयाँ गीत सार्वजनिक (भिडियोसहित)

Newslaya Home

‘बादशाह जुट’को नयाँ गीत सार्वजनिक (भिडियोसहित)

शनिबार ०२, कार्तिक २०७६

काठमाडौं । चलचित्र ‘बादशाह जुट’को नयाँ गीत सार्वजनिक भएको छ । ट्रेलरका कारण केही विवादित बनेको चलचित्रको दोस्रो गीत शुक्रबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक ‘सुसाइड’ बोलको गीतमा मुख्य कलाकार सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइसा रावत फिचर्ड छन् ।

निर्देशक जोनी सिंह राणाको शब्द रहेको गीतमा कोसिस क्षेत्रीको संगीत रहेको छ ।

यस गीतमा रुपक डोटेल र संगीतकार क्षेत्रीको स्वर रहेको छ । गीतको भिडियो कोरियोग्राफी विक्रम स्वाँरले गरेका हुन् ।

चलचित्र कार्तिक १५ गतेबाट प्रदर्शनमा आउँदैछ ।