अन्तर्राष्ट्रिय युवा अवार्डबाट सम्मानित भए तीन नेपाली चेली

Newslaya Home

अन्तर्राष्ट्रिय युवा अवार्डबाट सम्मानित भए तीन नेपाली चेली

शनिबार ०२, कार्तिक २०७६

काठमाडौं । भारतमा तीन नेपाली चेलीले अन्तर्राष्ट्रिय युवा अवार्ड हात पारेका छन् । इन्टरनेसनल युथ फोरम एण्ड नेशनल युथ अवार्ड फेडेरेसन अफ इन्डियाले नेपाली चेलीहरु रेखा परियार, अरुणा हिङ्गमाङ्ग र पवित्रा गौलीलाई युवा अवार्डबाट सम्मान गरेको हो ।

परियार र गौली नेविसंघका नेता हुन् भने हिङ्गमाङ्ग सृजनात्मक महिला समूहकी अध्यक्ष हुन् । नेविसंघको पूर्वकेन्द्रीय सदस्यसमेत रहेकी परियारले अनाथ बालबालिकाहरुको लागि अनाथालय चलाउँदै आएकी छन् । उनले मानसिक रोगसम्बन्धी जनचेतना मुलक कार्यक्रम पनि गर्दै आएकी छन् ।