२०७६ कार्तिक ०२ गते शनिबारको राशिफल

Newslaya Home

२०७६ कार्तिक ०२ गते शनिबारको राशिफल

शनिबार ०२, कार्तिक २०७६

मेष । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । पूजा पाठमा मन जाला ।

वृष । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । औपचारिकतामा अल्लि बढी व्यस्त रहनु पर्नेछ ।

मिथुन । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

कर्कट । अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्ला । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

सिंह । होसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

कन्या । शुभ समाचार सुन्न पाइएला । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मनोरञ्जनमा सहभागी भइएला ।

तुला । राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्‍याउनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ ।

वृश्चिक । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । श्रमअनुसार फाइदा कमै होला । कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ ।

धनु । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

मकर । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योगछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ ।

कुम्भ आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

मीन । विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । अनावश्यक झमेलामा परिएला ।