चीनबाट आयात हुन थाल्यो प्याज

Newslaya Home

चीनबाट आयात हुन थाल्यो प्याज

शुक्रबार ०१, कार्तिक २०७६

काठमाडौं । भारतले रोक लगाएपछि रसुवागढी नाकाबाट प्याज आयात हुन थालेको छ ।

गत आवमा यो नाकाबाट प्याज आयात शून्य थियो । भारतले प्याज आयातमा रोक लगाएपछि व्यापारीले चीनबाट आयात गर्न थालेका हुन् ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुन्यविक्रम खड्काले चालु आवमा पहिलो पटक यो नाकाबाट यति धेरै प्याज आयात भएको बताए ।

नाकाबाट असोजमा मात्रै एक करोड २२ लाख ५१ हजार ९ सय ३० रुपैयाँ मूल्य बराबरको प्याज आयात भएको छ ।