मिस धनकुटा–२०१९ को उपाधी सावित्रालाई

Newslaya Home

मिस धनकुटा–२०१९ को उपाधी सावित्रालाई

बिहीबार ३०, असोज २०७६

धनकुटा । पहिलो पटक आयोजना भएको मिस धनकुटा–२०१९ को विजेता सावित्रा घिमिरे बनेकी छिन् ।

बुधबार रातको समयमा भएको फाइनलमा उनले मिस धनकुटाको ताज प्राप्त गर्न सफल भएकी हुन् ।

रिमा विश्वकर्मा, बाबु वोगटीको समेतको उपस्थिति रहेको कार्यक्रममा महानायक राजेश हमाल, चलचित्र निर्देशक विभुल पोख्रेल, होटल एसोसियन इटहरीका अध्यक्ष जीवन पराजुली र मिस नेपाल सेकेन्ड रनरअप शान्ति पाख्रिन निर्णायकको रुपमा रहेका थिए ।

मिस धनकुटाको ताज सावित्रालाई

२७ प्रतिस्पर्धीलाई उछिन्दै विजेता बनेकी घिमिरेले स्कुटरसँगै १० लाखको जीवन बीमा, एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरेकी छिन् ।
त्यस्तै प्रतियोगितामा फस्ट रनरअप सोनी कार्की र सेकेण्ड रनरअप निरुता सुब्बा घोषित भएका छन् । उनीहरुलाई ४० हजार र २० हजार नगद पुरस्कार प्रदान गर्दै दुवै जनालाई ५ लाखको एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्युजिक भिडियोमा अभिनयको अवसर प्रदान गरिने आयोजक मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट प्रालि काठमाडौंका अध्यक्ष दीपक बराइली जानकारी दिए।