तिहारमा घर सजाउन यी काम गर्नुहोस्

Newslaya Home

तिहारमा घर सजाउन यी काम गर्नुहोस्

बिहीबार ३०, असोज २०७६

एजेन्सी। विशेष गरी चाडपर्वको अवसरमा जो कोहीलाई पनि केही नयाँ होस् भन्ने चाहना भएको हुन्छ ।

आफ्नो घरको इन्टेरियरमा केही नयाँ कुरा समावेश गरेर शानदार देखाउनु निक्कै आकर्षक मानिनछ । किनकी एकै प्रकारको डिजाइन कसैलाई पनि मन पर्दैन तर यसो भन्दैमा घरको सबै कुरा परिवर्तन गर्नु पर्छ भन्ने होइन ।

जस मध्ये निम्न कुरामा ध्यान दिन जरुरी छः

१, एन्ट्रिन्स डोरीको प्रयोग

एन्ट्रेन्स डोरीको प्रयोगले तपाईंको घर सुन्दर देखिने मात्र नभएर यसले आफन्तलाई प्रवेश दिनुको साथै उनीहरुलाई बाँधेर पनि राख्छ । त्यसैले यस्तो डोरीले विशेष किसिमले सजावट गर्नु आवश्यक हुन्छ । तपाईं रंगको प्रयोग गरेर डोरीलाई नयाँ बनाउन सक्नु हुन्छ साथै तोरणले पनि सजाउन सकिन्छ ।

फूलले सजाइएको तोरणको डोरीले पनि घर सजाउन सकिन्छ । त्यस्तै घण्टि, रिबन, रंगिविरंगी सिसाहरुले बनेका डोरीहरु पनि आकर्षक देखिन्छ । विशेष गरेर डोरीमा सजाइएको घण्टिबाट निस्कने आवाज सुमधुर सुनिन्छ, जसले आनन्द महसुस हुन्छ ।

२, रि–एरेजञ्ज र रि–लूक

आफ्नो बैठक कोठालाई हल्का रि-एरेन्ज र रि-लुक्स दिएर फरक देखाउन सकिन्छ ।
यसको लागि सर्वप्रथम तपाईंले आफ्नो बैठक कोठाको स्पेसलाई ध्यान दिनु पर्छ । यदि तपाईंको बैठक कोठा ठूलो छ भने साइड कर्नरहरु राखेर त्यसलाई सुन्दर देखाउन सकिन्छ ।

यसबाहेक कुनै सुन्दर इन्डोर प्लान्टको प्रयोग गरेर घरलाई सुन्दर देखाउन सकिन्छ । यदि तपाईंको कोठामा ठाउँ कम छ भने सोफाको सेटिङमा केही फेरबदल गरेर ठूलो देखाउन सक्नु हुन्छ ।

सोफासँग ठूलो टेबुल भन्दा सानो कफी टेबल राख्नु पर्छ, जसले कोठा फरक देखिनुको साथै ठाउँ पनि फराकिलो देखिन्छ । कोठालाई फरक देखाउनका लागि भित्तामा रंग लगाउनु भन्दा वालपेपर पनि लगाउन सक्नु हुन्छ । यसले भित्तासँगै घरलाई पनि नयाँ जस्तो देखाउन सहयोग गर्छ ।

३, कुसनको खोल

हरेक तिहारमा सोफा फेर्न सम्भव हुँदैन तर सोफालाई नयाँ देखाउनका लागि लेटेस्ट डिजाइनका कुसनका खोलहरु उपलब्ध छन्, जसको प्रयोगले तपाईंले सोफाको साथै कोठालाई पनि आकर्षक देखाउन सक्नु हुन्छ । हिँजोआज प्रिन्टेड, एम्ब्रोयडर्ड, थीम बेस्ड, स्टोन वर्क, मल्टी कलर्ड कुसन कभर्स, टेक्स्ट वर्क, ब्लक प्रिन्ट कुसन कभर, टील कभर, सिल्क कभर, भ्यालेट कुसन कभर, ह्यान्डमेड कुसन कभरहरु बजारमा उपलब्ध छन् ।

५, पर्दाको प्रयोग

घरमा पर्दा भएन भने झ्याल(ढोकाको सुन्दरता नै फिक्का हुन्छ । यदि तपाईंले यो तिहारमा घरमा रंग नलगाउने सोच्नु भएको छ भने पर्दा फेरेर पनि घरलाई फरक देखाउन सक्नु हुन्छ । अहिले कटनको पर्दा मात्र प्रयोग गर्नु पर्छ भन्ने छैन, हिँजोआज नेट, टिसु, लिनेन, क्रस र सिल्कको पर्दाहरु प्रयोग गर्न सकिन्छ ।
यो तिहारमा तपाईं नेटको पर्दाको बीचमा सिल्क अथवा टिसुको पर्दा प्रयोग गरेर आफ्नो कोठाहरुलाई नयाँ देखाउन सक्नु हुन्छ ।

५, बरन्डाको सजावट

बरन्डा सजाउन गमला प्रयोग गर्न सकिन्छ । गमलामा सिजन अनुसार रंगिविरंगी फूलहरु लगाएर आकर्षक तरिकाले राख्न सक्नु हुन्छ । बरन्डा बत्तीहरुले पनि सजाउन सकिन्छ । ब्यान्डड बत्तीको प्रयोग गर्नु पर्छ, जुन छिट्टै बिग्रँदैन् । स–साना दियो र ह्याङ्गिङ झुमरले पनि बरन्डा सजाउन सकिन्छ ।