अख्तियारमा फेसबूकबाटै उजुरी गर्न सकिने

Newslaya Home

अख्तियारमा फेसबूकबाटै उजुरी गर्न सकिने

बिहीबार ३०, असोज २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फेसबुक मार्फत पनि उजुरी दर्ता गराउन सकिने भएको छ ।

आयोगको कार्यलयमा आर्थिक वर्ष २०७६/०७७ को पहिलो ३ महिनामा इमेलमार्फत २२०, फेसबूकमार्फत २५, फ्याक्समार्फत १८, पत्रपत्रिकामार्फत ३५, अनलाइनमार्फत १५२, हुलाकमार्फत ९१, एसएमएसमार्फत ३, टेलिफोनमार्फत ८८, लिखित रूपमा १ हजार ५६ र अन्य विधिमार्फत १ हजार १ सय ९ गरि जम्मा २ हजार ७ सय ९७ वटा उजुरी दर्ता भएका छन् ।

जसमध्ये साउन महिनामा ११ र भदौ महिनामा १४ वटा उजुरी फेसबूक म्यासेजबाट दर्ता भएको आयोगबाट प्राप्त तथ्यांकमा उल्लेख गरिएको छ ।
आयोगमा उजुरी गर्न सकिने धेरै तरिकाहरु रहेका छन् । त्यसमध्ये अहिले फेसबूक पनि उजुरीको एक माध्यम बनेको छ । आयोगको आधिकारिक फेसबूक पेजमा म्यासेजबाट आएका आधिकारिक उजुरी पत्रलाई उजुरीको रूपमा दर्ता गर्ने गरिएको छ ।

कतिपय उजुरी भाइबर, टोल फ्री नम्बर र मौखिक रूपबाट आंशिक रूपमा प्राप्त हुन्छ र कहिलेकाहीँ त्यही विषय समाचारपत्रमा विस्तृत रूपमा आएमा आन्तरिक रूपमा छलफल गरेर उजुरी दर्ता गर्ने प्रक्रिया रहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।