बञ्जरो प्रहारबाट एक महिलाको मृत्यु, दुईको अवस्था गम्भिर

Newslaya Home

बञ्जरो प्रहारबाट एक महिलाको मृत्यु, दुईको अवस्था गम्भिर

बिहीबार ३०, असोज २०७६

मकवानपुर । मकवानपुरमा अन्धाधुन्ध बञ्चरो प्रहार गरिदाँ एक महिलाको ज्यान गएको छ ।

बुधबार रातको समयमा बकैया गाउँपालिका–३ मा बञ्चरो प्रहारबाट एक महिलाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् ।

आपसमा झगडा हुँदा ५० पर्षीय सुक बहादुर पाख्रिनले अन्धाधुन्ध रूपमा बञ्जरो प्रहार गरेका थिए । उक्त आक्रमणबाट सन्तमाया लोकोको मृत्यु भएको छ भने उनको श्रीमान कुलबहादुर लोको र २६ वर्षीय दिवी माया मोक्तान गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी यज्ञ प्रसाद भट्टराईले जानकारी दिए ।
चुरेहिल अस्पताल हेटौंडामा उपचारका भइरहेको घाइतेको अवस्था गम्भीर रहेको र बञ्चरो प्रहार गर्ने पाख्रिनलाई पक्राउ गरी अनुसनधान थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।