झापाबाट ब्राउन सुगरसहित चार जना पक्राउ

Newslaya Home

झापाबाट ब्राउन सुगरसहित चार जना पक्राउ

बुधबार २९, असोज २०७६

झापा । प्रहरीले झापाको मेचीनगर नगरपालिका–६ बाट लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।

मंगलबार अपरान्ह पौने ५ बजेको समयमा मेची पुलबाट लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का १५ बर्षीय दिपेश बिक, १६ बर्षीय पदम राई, १७ बर्षीय सुजन भुजेल र भारत बतासेका २१ बर्षीय सुभशंकर दास रहेका छन् ।

उनीहरुले दासको साथबाट सलाईको बट्टामा लुकाएर ब्राउनसुगर १ ग्राम ५ सयमिलिग्राम ल्याउदै गर्दा पक्राउ गरिएको हो । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।