ओपोको रेनोटू एफ सार्वजनिक

Newslaya Home

ओपोको रेनोटू एफ सार्वजनिक

बुधबार २९, असोज २०७६

काठमाडौं । ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । रेनोटू एफ, ओपोको लोकप्रिय रेनो सिरिज अन्तर्गत भित्र्याइएको नयाँ संस्करण हो । प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ यसमा प्रशस्त फोटोग्राफीमा सुधार ल्याउने फिचर्स उपलब्ध गरिएको कमपनीले जनाएको छ ।

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत, बबी ट्राओले भने, ‘रेनो सिरिजको रचनात्मक स्पिरिट (भावना)लाई आफूमा समाहित गर्दै यो नयाँ समिकरणले प्रयोगकर्तालाई रचनात्मकताका थप मार्ग प्रशस्त गर्दै नयाँ दृष्टिकोण प्रस्तुत गर्न प्रोत्साहित गर्नेछ । यसमा रहेको अत्याधुनिक क्यामेरा प्रविधिले बृहत ल्याण्डस्केपदेखि संकुचित गल्ली तथा पर्याप्त सौर्य प्रकाश रहेका समुद्रि किनार होस् वा औँशीको अँध्यारो रात, हरेक वातावरण तथा परिस्थितीमा यसले उत्कृष्ट प्रदर्शनी दिने क्षमता राख्छ ।’

ओपो रेनोटू एफमा कम्पनीले क्वाड (चारओटा) क्यामेरा सेटअपको ब्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८ एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८ एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २ एमपी पोट्रेट लेन्स रहेका छन् । अहिले फोनमा उपलब्ध गरिएको ४८ एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ । यसमा रहेका एफ१.७९ एपर्चर र १÷२.२५ ईञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो । ओपो रेनोटू एफले अदृतिय तस्विर खिच्न सघाउनुका साथै यसमा समान भिडियो क्षमतापनि रहेको छ ।

फोनमा रहेका शक्तिशाली क्वाड क्यामेरा र तिनमा समाहित ४८एमपी प्रमुख लेन्स र अल्ट्रा नाइट मोड २.० का माध्यमबाट यसले जस्तो सुकै परिस्थितीमा उत्कृष्ट तस्विर खिच्ने क्षमता राख्छ । यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण रेनोटू एफको भिडियो खिच्ने क्षमतापनि उत्तिकै सटिक छ ।

साथै, यसमा जडान गरिएको रंगिन आरजीबी एट्मसफेर लाइटले प्रयोगकर्तालाई तिनका सेल्फीमा विभिन्न मुड प्रदान गर्छ । वेभ ब्राउजिङ गर्दा होस्, भिडियो स्ट्रिमिङ वा गेमिङ हरेक अवस्थामा यसमा रहेको पानोरामिक स्क्रिन साइजले आरामदायी तथा उत्कृष्ट भ्यूइङ अनुभव प्रदान गर्छ । यो १९.५ः९, पानोरामिक स्क्रिनमा २३४०८१०८० रिजोल्यूसन र ९१.१५ स्क्रिन टू बडी रेसियो दिइएको छ ।

फोनको ब्याक कभरमा जस्तै सम्भावित क्षतिबाट जोगाउने सोचका साथमा यसमा रहेको ६.५ ईञ्च एमोलेड पानोरामिक स्क्रिनमा पाचौँ पुस्ताको कोर्निङ गोरिल्ला ग्लासको प्रयोग गरिएको छ ।

आँखालाई स्क्रिनले फाल्ने हानिकारक नीलो प्रकाशबाट जोगाउन फ्लिकर फ्रि मोड र नाइट शिल्ड मोड उपलब्ध गरिएको छ । फोनमा ४ हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरेको छ । यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत मज्जाले चार्ज गर्न सकिन्छ । फोनमा स्मार्ट एआई रेफ्रिजिरेटरको ब्यवस्थापनि रहेको छ ।

यसले चलायामन नरहेको अवस्थामा स्वचालितरुपमा एपलाई फ्रिज गरी ब्याट्री बचतमा सघाव पुर्याउँछ । कम्पनीले यसको समाधानका रुपमा फोनमा भोक फ्ल्याश चार्ज ३.० प्रविधि उपलब्ध गराएको छ । भीएफसी फास्ट चार्जिङ अल्गोरिथमले प्रत्यक्षरुपमा ट्रिक्लिङ चार्जिङको गति बढाएर मात्र ३० मिनेटको समयमा ५१ प्रतिशत चार्ज गर्ने क्षमता राख्छ ।

फास्टर फिंगरप्रिन्ट अनलकिङ रेनोटू एफमा ओपोले पछिल्लो संस्करणका तुलनमा अझ तिब्र हिडन फिंगरप्रिन्ट अनलक ३.० उपलब्ध गराएको छ । अनलक एरियाको प्रकास यस पटक पछिल्ला संस्करणका तुलनमा १६ प्रतिशत चहकिला र स्क्रिन अन रहेको समयमा यसको अनलकिङ गति ११ प्रतिशतसम्म तिब्र छ ।

सुदृढ अनुभवका लागि रेनोटूएफले सहजै प्रयोगकर्ताका दैनिक स्मार्टफोन आवश्यकताको पूर्ति गर्ने क्षमता राख्छ । समग्रमा भन्नु पर्दा फोनले कमजोर कनेक्टिभिटी, अत्यधिक ब्याट्री खपत, फोन चार्जका लागि लामो समय सम्म कुर्नुपर्ने बाध्यता लागयत समस्याबाट उपभोक्तालाई छुटकारा प्रदान गर्छ।

ओपोले नेपालमा रेनोटू एफलाई ‘लेक ग्रिन’ र ‘स्काइ ह्वाइट’ गरी दूई आकर्षक रंगमा सार्वजनिक गरेको छ । रु. ४६,९९० मूल्य निर्धारण गरिएको रेनोटू एफ अक्टोबर १८मा काठमाडौंको न्यूरोड स्थित आधिकारिक शोरुममा आयोजना गरिने फस्र्ट सेल लगतै देशभरका प्रमुख विक्रि मार्फत उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ । सोही दिन आधिकारिक शोरुम मार्फत रेनोटूएफ खरिद गर्ने उपभोक्ताले नायिका स्वस्तिमा खड्कालाई प्रत्यक्ष भेटी उनीद्वारा हस्ताक्षर गरिएको फोनका साथै विशेष उपहारपनि प्राप्त गर्न सक्ने कमपनीले जनाएको छ।