विमानस्थलमा तोडफोड गर्ने एनआरएनका थापा थुनामुक्त

Newslaya Home

विमानस्थलमा तोडफोड गर्ने एनआरएनका थापा थुनामुक्त

बुधबार २९, असोज २०७६

काठमाडौं । एनआरएनको नवौं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाल आएका रमेश थापा थुनामुक्त भएका छन् । उनलाई अध्यागमन विभागले ५० हजार रुपैयाँ धरौटीमा छाडेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा शनिबार उनले तोडफोड गरेपछि पक्राउ परेका थिए । रिहाइ गर्न एनआरएन नेताको दबाबका बीच उनीविरुद्ध विभागले अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ बमोजिम कारबाही गरेको हो ।

थापासहित पाँच जना अष्ट्रेलियाबाट नेपाल आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा पूरा गर्नुपर्ने प्रक्रियाका लागि उनीहरु लाइनमा बसेका थिए । तर, लामो समयसम्म लाइनमा बस्नु परेको भन्दै थापाले डेस्कको सीसा फुटाएको अधिकारहीहरुको भनाइ छ ।

घटनालगत्तै अध्यागमनका कर्मचारीले प्रहरी बोलाए र थापा पक्राउ परे । सीसीटिभी फुटेजमा थापाले मात्र सिसा फुटाएको देखिएकाले उनीमात्रै पक्राउ परेका थिए ।