धरानको चारकोशे झाडीमा दुर्घटना, एक जना वृद्धाको मृत्यु

Newslaya Home

धरानको चारकोशे झाडीमा दुर्घटना, एक जना वृद्धाको मृत्यु

बुधबार २९, असोज २०७६

इटहरी । धरान–इटहरी सडकखण्डको चारकोशे झाडीमा दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । इटहरीबाट धरान जादै गरेको स्कुटरलाई बसले ठक्कर दिँदा स्कुटरमा सवार वृद्धाको मृत्यु भएको हो ।

को २१ प २३६१ नम्बरको स्कुटरलाई को १ ख १९३० नम्बरको बसले ठक्कर दिँदा ६१ वर्षीय कालीमाया राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स्कुटी चालक पति जयबहादुर राई समेत घाइते भएको जनाइएको छ ।