घुमाउने वहानामा युवतीलाई बलात्कार गर्ने राई पक्राउ

Newslaya Home

घुमाउने वहानामा युवतीलाई बलात्कार गर्ने राई पक्राउ

बुधबार २९, असोज २०७६

धरान । एक युवतीलाई बलात्कार गरि फरार रहेका धरान–५ देउरालीका मिलन राईलाई प्रहरीले पक्राउ गरेको छ । १९ बर्षीय राईलाई गत असोज २६ गते देरालीबाटे नियन्त्रणमा लिई आज जिल्ला अदालत सुनसरीमा म्याद थप गरि अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

खोटाङ घर भएका राईले गत भदौं १८ गते साँझ ती किशोरीलाई ललाई फकाई बगरकोट घुम्ने बहानामा सेउती खोला जंगलमा लगी जवरजस्ती करणी गरेको पीडितले बताइकी छन् । ती बालिकाको स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ ।