पोखरीमा डुबेर दुहवीमा एक बालिकाको मृत्यु

Newslaya Home

पोखरीमा डुबेर दुहवीमा एक बालिकाको मृत्यु

बुधबार २९, असोज २०७६

इटहरी । दुहवीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । दुहवी –१२ का लखन उरावको १५ बर्षीया छोरी अम्बी उरावको पोखरीमा डुबेर मृत्यु भएको हो ।

मंगलवार दिउँसो घर नजिकै रहेको माछा पोखरीमा साथीहरुसंगै पौडी खेल्ने क्रममा अचानक पोखरीमा डुबिरेहको साथीहरुले देखेर तत्काल उद्धार गरी उपचारको लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।