भोकमरीको सूचीमा नेपाल ७३ औं स्थानमा

Newslaya Home

भोकमरीको सूचीमा नेपाल ७३ औं स्थानमा

बुधबार २९, असोज २०७६

काठमाडौं । भोकमरीको सूचीमा नेपाल ७३ औं स्थानमा रहेको एक प्रतिवेदनले देखाएको छ । ‘ग्लोबल हंगर इन्डेक्स’मा नेपाल ७३ औं स्थानमा रहेको हो । कन्सर्न वर्ल्डवाइड र वेल्थुन्गरहिल्फले संयुक्त रुपमा तयार पारेर मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा सो कुरा उल्लेख छ । सो इन्डेक्समा ११७ मुलुक समावेश गरिएका छन् ।

प्रतिवेदनमा ४३ देशमा भोकमरीको अवस्था गम्भीर रहेको जनाइएको छ । चाड, मडागास्कर, यमन र जाम्बियाको भोकमरीको तह उच्चदरमा अर्थात् ‘अलार्मिङ ’अवस्थामा रहेको र सेन्ट्रल अफ्रिकन रिपब्लिकको अवस्था त्यो भन्दा नराम्रो भएको पाइएको छ ।

जलवायु परिवर्तनका कारण भोकमरीको अवस्था बढेको प्रतिवेदनमा उल्लेख छ । सो सूचीमा भारत १०२ नम्बरमा, पाकिस्तान ९४ मा, बंगलादेश ८८ र श्रीलंका ६६ औं स्थानमा पाइएका छन् ।