घट्यो सुनको मुल्य

Newslaya Home

घट्यो सुनको मुल्य

बुधबार २९, असोज २०७६

काठमाडौँ । सुनको मूल्य बुधबार एक सय रुपैयाँ घटेको छ। मंगलबार ७० हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा एक सय रुपैयाँले घटेर ७० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुनको मूल्य तोलामा ७० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।