महरापछि नेकपाकै अर्का नेताको बाहिरियो यौनकाण्ड (अडियो सहित)

Newslaya Home

महरापछि नेकपाकै अर्का नेताको बाहिरियो यौनकाण्ड (अडियो सहित)

मङ्गलबार २८, असोज २०७६

काठमाडौं । यौनकाण्डकै कारण सभामुख पद गुमाएर प्रहरी हिरासतमा रहेका कृष्णबहादुर महरापछि नेकपाकै अर्का नेताको यौनकाण्ड बाहिर आएको छ ।

सुदुरपश्चिम प्रदेशसभाका सांसद तथा नेकपाका कैलाली जिल्ला अध्यक्ष रहेका रतन थापाले मादक पदार्थ सेवन गर्दै एक महिलासँग ह्याण्ड्स फ्रिमा यौन सम्बन्धका कुरा गरेको अडियो बाहिरिएको हो ।
होटलमा केही साथीसहित मापसे गरेको बेलामा महिलासँगको शारीरिक सम्पर्कदेखि अरु सबै गतिविधि खोलेका उनले गर्वका साथ आफ्नो अर्वपति प्रेमिका रहेको र चाहेको बेला आफूले भनेको ठाउँमै प्लेन चढेर भेट्न आउने गरेको खुलाएका हुन् ।

आर्थिक अवस्था निकै राम्रो भएको तर श्रीमान नभएको ती महिला आफ्नो नियमित सेक्स पार्टनर रहेकाले शारीरिक सम्पर्क गर्न कै लागि नेपालगञ्जसम्म आउने गरेको थापाले बयान दिएका छन् । झण्डै आठ मिनेट समयसम्म गरिएको संवादमा पैसादेखि सेक्सका सबै कुरा खुलाईएको छ । (प्रस्तुत अडियो)

Image result for रतन थापा