टिकापुरमा मारिएका एसपी न्यौपानेको संलग्नतामै रौतहटमा २० जनालाई जलाइएको थियो

Newslaya Home

टिकापुरमा मारिएका एसपी न्यौपानेको संलग्नतामै रौतहटमा २० जनालाई जलाइएको थियो

मङ्गलबार २८, असोज २०७६

काठमाडौ । ४ वर्षअघि भएको टिकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेलाई भाला रोपेर मारियो । धेरैले उनी आन्दोलनमा परेको अनुमान गरे । तर एसपी न्यौपाने रौतहटमा १२ वर्षअघि २० जनालाई जिउँदै जलाउने घटनाका साक्षीसमेत भएको खुलेको छ ।

रौतहटमा काग्रेस नेता मोहम्मद आफताव आलमले २० जनालाई ईटाभट्टामा जिउँदै जलाएको घटनाका साक्षी एसपी न्यौपाने थिए ।

आलमले चुनावमा बुथ कब्जा गर्नका लागि बम बनाउने क्रममा विष्फोट भइ घाइते भएकाहरुलाई जिउँदै ईट्टाभट्टामा जलाएका थिए ।

तर रौतहटका तत्कालिन एसपी रहेका न्यौपानेले घटनाको ढाकछोप गरेका थिए । उनले मृतकका आफन्तहरुलाई घटनास्थलमा जान नदिई बम बनाउने क्रममा भएको विस्फोटमा उनीहरु मारिएको जानकारी दिएका थिए । जसमा दुई नेपालीसँगै २० जना भारतीयको मृत्यु भएको जानकारी दिएका थिए ।

आलमले त्यतिबेला घाइतेहरुलाई मुस्ताक राजाको इट्टाभट्टामा जिउँदै जलाएका थिए ।

घटनामा मारिएका यमुनामाई–४ सरुअठा गाउँका २४ वर्षीय ओसी अख्तरका ससुरा समसुल मियाँका अनुसार राति इँटाभट्टाको चिम्नीमा घाइतेलाई हाल्न लैजाँदा प्रहरीको गाडीसमेत प्रयोग भएको बताइएको थियो । काँग्रेस सांसद अफताव रौतहटका चर्चित डन नै भएको बताइएको छ । स्थानिय भन्छन्, ‘कसैले बोल्यो भने ज्यान जोखिममा पर्थ्यो ।’

स्थानीय प्रशासन र अदालतले सो हत्या सम्बन्धमा कुनै निवेदन लिनसमेत इन्कार गरेका थिए । यही कारणले रुक्साना खातुन र श्रीनारायण न्यायका लागि दोषीलाई कारबाही गरी पाऊँ भन्ने निवेदनसहित सर्वोच्च अदालत पुगेका थिए ।

अदालतले आलम र अन्य दोषीलाई पक्राउ गरी घटनाको अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।

त्यसो हुँदाहुँदै पनि प्रहरीले उनीहरु फरार रहेको बताउँदै पक्राउ गरेको थिएन ।
त्यहीबीचमा सर्वोच्च अदालतमा न्यायका लागि निवेदन दिने रुक्साना रहस्यमय हिसाबले मारिएका थिए ।