बुहारीलाई मन्त्रीबाट हटाउन प्रचण्ड तयार तर कसले रोक्यो ?

Newslaya Home

बुहारीलाई मन्त्रीबाट हटाउन प्रचण्ड तयार तर कसले रोक्यो ?

मङ्गलबार २८, असोज २०७६

काठमाडौं । नेकपाको आन्तरिक गृहकार्य सम्पन्न नभएकाले मन्त्रिपरिषद हेरफेर हुन नसक्ने अवस्था सिर्जना भएको छ ।

नेकपाका अध्यक्षद्वय प्रधानमंत्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड यही असोज २८ र २९ गते नै वर्तमान मन्त्रिपरिषद हेरफेर गर्न लागि परे पनि तत्काल टुंगोमा पुर्याउन नसकिने नेकपा स्रोतले जनाएको छ ।


अग्नि सापकोटालाई सभामुख र लेखराज भट्टलाई उद्योग मन्त्री बनाउन प्रचण्डले संकेत गरेतापनि खानेपानी मन्त्री बिना मगरका कारण समस्या सिर्जना भएको बताईएको छ । सुदूरपश्चिमबाट लेखराज र बिना दुबैलाई मन्त्रिपरिषदमा राख्न नसक्ने भएकाले पनि समस्या सिर्जना भएको हो ।

नेकपाकी जुनिएर केन्द्रीय सदस्य मन्त्री मगरको कार्यसम्पादन अत्यन्त कमजोर रहेकाले उनलाई हटाउन तथा वरिष्ठ नेताहरुलाई मन्त्रिपरिषदमा हेरफेर गर्दा प्रचण्डलाई सन्तुलन मिलाउन गार्हो पर्ने भएको छ ।

मन्त्री मगरलाई हटाउन प्रधानमन्त्री ओली लगाएत नेकपाका सचिवालय सदस्यहरु सहमत भए पनि खेलकुदको जिम्मेवारी दिने तयारी भएकोमा पार्टीभित्रका नेताहरुले कडा प्रतिवाद गरेका थिए । आफूलाई मन्त्रीबाट हटाउने हल्ला चलेपछि उनले सीता म्यामुसंग रोइकराई गरेर, बरु अरु मन्त्रालय भएपनि हुन्छ । हजुरको छोराको म एक मात्र नासो, चिनो एवम् प्रतिनिधि भएकाले मन्त्रीबाट हटाउदा मेरो के हालत हुन्छ ! करियर के हुन्छ ! मम्मी ! त्यसैले मलाई मन्त्रीबाट हटाउन रोक्नु पर्यो भनेर अनुनयबिनय गरेका हुन् ।
बुहारीलाई साथ दिंदा प्रचण्डको राजनीतिक भविष्य समेत डावाडोल हुने अवस्था रहेतापनि सीता म्यामुको चित्त नदुखाउन प्रचण्डले बिनालाई मन्त्री पदबाट हटाउन नसक्ने परिस्थिति उत्पन्न हुने स्रोतले बताएको छ ।