बाइक हुइक्याउनुअघि पारसले भने, ‘राजावादी नभन्नुस्, हामी नेपाली हो’ (भिडियो)

Newslaya Home

बाइक हुइक्याउनुअघि पारसले भने, ‘राजावादी नभन्नुस्, हामी नेपाली हो’ (भिडियो)

सोमबार २७, असोज २०७६

काठमाडौं । पुर्व युवराज पारस शाह टिकटकमा देखिएका छन् । उनलाई पोखरामा केही राजावादीहरुले भेटेर गरेको संवाद टिकटकमा आएको हो ।

भिडियोमा उनी अमेरिकन बाइकमा छन् । राजसंस्थाका कुनै समर्थकले उनलाई केही सम्झाउन खोजेजस्तो भिडियोमा छ । तर पारस भने हामी नेपाली हो, वादी नभन्नुस् वादी भनेको सानो हो । हामी नेपाली भन्दै बाइकमा एक युवतीलाई राखेर हुईकाउँछन् ।

उनले यसो भन्दै गर्दा बाइक चढ्ने युवती चर्चित मोडल तथा युट्युबर सोनिका रोकाया हुन् । केही समयअघि पनि पारसले सोनिकालाई अंगालो हालेको तस्वीर सार्वजनिक भएको थियो । रोकायाले नै उक्त तस्वीर सार्वजनिक गरेकी थिइन् ।

सोनिका अंगप्रदर्शन गर्ने निकै हट मोडल हुन् । तर उनी समलिंगी भएकोसमेत चर्चा छ ।