राजेश हमालले भेटे एसिड पीडित मुस्कानलाई

Newslaya Home

राजेश हमालले भेटे एसिड पीडित मुस्कानलाई

सोमबार २७, असोज २०७६

काठमाडौं । एसिड पीडित किशोरी मुस्कान खातुनलाई नायक राजेश हमालले भेटेका छन् । उपचाररत मुस्कानलाई भेटेपछि हमालले उनको काटिएको एउटा कान कृत्रिम राखिदिने बताएका छन् ।

त्यस्तै गायक राजु लामाले पनि मुस्कानलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

यसअघि चर्चित भारतीय नायक अमिताव बच्चन, नायक बरुण धवन, नायिका कृती सेनन् लगायतले भिडियो सन्देश पठाउनुका साथै विभिन्न नेपाली सेलीब्रेटीहरुले पनि मुस्कानलाई सान्त्वना दिएका छन् ।

मुस्कानमाथि भदौ २० गते बिहानै दुई युवकले एसिड प्रहार गरेका थिए । बीरगञ्जको रेशमकोठीस्थि त्रिभुवन उच्च माविमा कक्षा ९ मा अध्ययनरत मुस्कानलाई प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै ति युवाले तेजाव खन्याएका हुन् ।