औषधि पसलबाट लागुऔषध कारोबार गर्ने इटहरीका एक युवकसहित दुई जना पक्राउ

Newslaya Home

औषधि पसलबाट लागुऔषध कारोबार गर्ने इटहरीका एक युवकसहित दुई जना पक्राउ

सोमबार २७, असोज २०७६

विराटनगर । प्रहरीले औषधि पसलबाट लागुऔषध कारोबार गर्ने दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–२ पशुपति चोकका २० वर्षीय असिम श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका–४ का २६ बर्षीय नरेश यादव रहेका छन् ।

प्रहरीले श्रेष्ठलाई असोज २३ गते सुन्दरहरैंचा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा चेकजाँचका क्रममा पक्राउ गरेको थियो । को १३ प १२६७ नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठको साथबाट स्पासपेन १६७० पिस, केटाडोल १६२० पिस, रिमाडोल–६ पिस लागुऔषध बरामद भएको थियो ।

श्रेष्ठमाथि अनुसन्धान गर्ने क्रममा इटहरी–२ मा तिरुपती मेडिकल पसल सञ्चालन गर्दै आएका नरेश यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यादवले सञ्चालन गरेको पसलबाट डाइलक्स डिसीको दुईवटा खाली बोतल, स्पापेन २१९ पिस, स्पास्मो १९ पिस भेटिएको थियो । पक्राउ परेकाहरुमाथि म्याद थप गरी अनुसन्धान सुरु गरिएको बताइएको छ ।