मोरङको उर्लाबारीमा पानीमा डुबेर एक बालिकाको ज्यान गयो

Newslaya Home

मोरङको उर्लाबारीमा पानीमा डुबेर एक बालिकाको ज्यान गयो

सोमबार २७, असोज २०७६

मोरङ । मोरङको उर्लावारी स्थित पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

उर्लावारी नगरपालिका–४ वानडाँडा घर भएका कुमार मगरको २ बर्षीया छोरी निरजला मगरको नालीमा डुबेर मृत्यु भएको हो ।
सोमबार बिहानको समयमा घर छेउको नालीमा डुबीरहेको अवस्थामा छिमेकीले भेटाए पछि तत्काल उपचारको लागि मंगलवारे अस्पताल लगिएको थियो ।
अस्पताल पुर्‍याउना साथ बालिबकाको मृत्यु भएको र घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।