झापामा १४ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ

Newslaya Home

झापामा १४ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ

शनिबार २५, असोज २०७६

झापा । झापामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय युवराज बराईली रहेका छन् । उनलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

निज बराईलीले ती बालिकालाई बिभिन्न प्रलोभन एवं धाक–धम्की समेत दिई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।