विराटनगरमा तस्करीको सामान बरामद

Newslaya Home

विराटनगरमा तस्करीको सामान बरामद

शनिबार २५, असोज २०७६

विराटनगर । विराटनगर महानगरपालिका–१० स्थित तीनटोलियाबाट भन्सार चोरी तस्करी गरी ल्याइएको तीन लाख ५० हजार मूल्य बराबरको सामग्री प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार खिउजका अनुसार तीनटोलीयामा भारतबाट ल्याइएको तयारी कपडा तथा धाराका सामान बेवारिसे अवस्थामा बरामद गरिएको हो ।

उक्त सामानहरु आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालय पठाइने प्रहरीले जनाएको छ ।