लुक्लाका लागि उडेको विमानको इन्जिनभित्र चरा पसेपछि.........

Newslaya Home

लुक्लाका लागि उडेको विमानको इन्जिनभित्र चरा पसेपछि.........

शनिबार २५, असोज २०७६

सोलुखुम्बु । रामेछापको मन्थलीबाट शनिबार बिहान ८ः३० बजे सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको सीता एयरको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ ।

नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाका अनुसार विमानको इन्जिनभित्र चरा पसेको थियो । उड्ने तयारीमा रहेको विमान धावन मार्गको करिब ७५ प्रतिशत भाग पार गरेपछि चरा ठोक्किएको र फरक आवाज आएको विमानस्थल कार्यालयले जनाएको छ ।

चालक दललाई चरा ठोक्किएको विषयमा तत्काल जानकारी भएकाले सोही विमानस्थलमा आकस्मिक अवतरण गराइएको विमानस्थल प्रमुख चौरसियाले जानकारी दिए । तीन जना चालक दलका सदस्यसहित १३ जना विदेशी पर्यटक यात्रु लिएर उडेको सीता एयरको ९ एन–आई–ई विमान सकुशल अवतरण भएको बताइएको छ ।

यहि असोज १४ गते देखी २ महिनाको लागि मन्थली विमानस्थलबाट लुक्ला उडान हुन थालेको छ । पर्यटकीय सिजनमा उक्त विमानस्थल प्रयोग गरिँदै आएको विमानस्थलबाट लुक्लाका लागि दैनिक ४० वटा सम्म उडान हुने गरेको छ ।