बाराका सञ्चारकर्मी देउजाविरुद्ध पक्राउ पूर्जी जारी गरेको विषयमा महासंघको विरोध

Newslaya Home

बाराका सञ्चारकर्मी देउजाविरुद्ध पक्राउ पूर्जी जारी गरेको विषयमा महासंघको विरोध

शनिबार २५, असोज २०७६

काठमाडौं । बाराको सिमरामा रहेर युटुबरका रुपमा सकृय सञ्चारकर्मी सन्तोष देउजाविरुद्ध विद्युतिय अपराध सम्बन्धि कसुरमा जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोविन्द पुरीका अनुसार सञ्चारकर्मी देउजालाई प्रहरीले एक सातादेखि खोजि गरिरहेको छ ।

पर्साको ठोरी स्थायी घर भइ हाल जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरा नरबस्तिमा डेरा गरि बस्ने देउजालाई पक्राउ गरि पठाउन नेपाल प्रहरीको विद्युतिय अपराध अनुसन्धान व्युरोले जिल्ला प्रहरी कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय पर्सा दुबैलाई पत्राचार गरेको प्रहरी नायब उपरिक्षक पुरीले जानकारी दिए ।

प्रहरीले देउजाको सिमरास्थित डेरामा जनप्रतिनिधिको रोहबरमा खानतलासी समेत गरेको छ ।

देउजा विरुद्ध युटुब मार्फत बीरगञ्जका निलम साह र राजेश साहको चरित्र हत्याको आरोप लागेको छ । कपुरबोट मिडिया प्राली मार्फत कपुरबोट डटकम र कपुरबोट टिभी नामक युटुब च्यानल संचालन गर्दै आएका देउजा सिमरामा रहेको रेडियो समपर्णमा समेत आबद्ध छन् ।

नेपाल पत्रकार महासंघ बाराले विद्युतिय कारोवार ऐन अन्तर्गत पत्रकारलाई दुख दिने नियतले मुद्धा लगाइएकोमा विरोध जनाएको छ ।