अभिनेत्री अमीषा पटेलविरुद्ध पक्राउ पुर्जी जारी

Newslaya Home

अभिनेत्री अमीषा पटेलविरुद्ध पक्राउ पुर्जी जारी

शनिबार २५, असोज २०७६

काठमाडौं । बलिउड अभिनेत्री अमीषा पटेलविरद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । अमीषालाई चेक बाउन्सको मुद्दामा राँची अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

अमीषामाथि निर्माता अजय कुमारले साढे दुई करोड भारुका चेक बाउन्सको आरोप लगाएका हुन् ।

आरोप अनुसार, अजयले सन् २०१८ मा देसी मैजिक फिल्म बनाउनका लागि ३ करोड दिएका थिए । उनको आरोपलाई मान्ने हो भने पैसा फिर्ता माग्दा अमीषाले कुनै प्रतिक्रिया दिएकी थिइनन् । तर पछि अमीषाले अजयलाई साढे दुई करोडको चेक दिइन् । तर उक्त चेक बाउन्स थियो ।