मलेसिया सँगको व्यापारमा भारतको प्रतिबन्ध

Newslaya Home

मलेसिया सँगको व्यापारमा भारतको प्रतिबन्ध

शनिबार २५, असोज २०७६

एजेन्सी । मलेसिया सँगको व्यापारिक सम्बन्धमा भारतले प्रतिबन्ध लगाउने भएको छ ।

मलेसियाले कश्मीरमा भएका गतिविधि गैरकानुनी भएको भनेर टिप्पणी गरेपछि भारतले संयुक्त राष्ट्र संघको बैठकमा मलेसियाले पाकिस्तानलाई साथ दिएको आरोप लगाएको छ ।

गत महिना संयुक्त राष्ट्र सभाको बैठकमा कश्मीरको मुद्धामा भारतले पाकिस्तानसँग सल्लाह गर्नुपर्ने मलेसियाको प्रधानमन्त्री महाथिर मोहम्मदले बताएका थिए। यही विषयलाई लिएर भारतले मलेसियालाई व्यापारिक प्रतिबन्ध लगाउने पत्राचार गरिसकेको समेत उल्लेख गरिएको छ। तर व्यापारिक प्रतिबन्ध लगाउने कुनै पनि पत्र नआएको मलेसियाको प्रधानमन्त्री महाथिर मोहम्मदले जानकारी दिएका छन् ।

रोयर्टसको रिपोर्टसका अनुसार पाँच दिन देखि मलेसियामा ताडीको तेलको भाउमा भारी गिरावट भएको छ।
इन्डोनेशिया र मलेसियाबाट आयात हुने ताडी तेल भारतमा सबैभन्दा बढी खपत हुने गरेको छ । वर्षको सुरुवातका ९ महिनामा मलेसियाबाट ३९ लाख टन तेल आयात गरेको छ । भारतले वर्षेनी ९० लाख ताडी तेल आयात गर्ने भए पनि मलेसियाबाट भारततर्फ आयात हुने पाम तेलमा समेत प्रतिबन्ध लगाउने भएको हो ।

मलेसियाबाट आउने तेलमा प्रतिबन्ध लागे पश्चात इन्डोनेसियालाई राहत हुनेछ । मलेसियाबाट तेल नआए पनि तेलको समस्या नहुने मुम्बईका एक व्यापारीले जानकारी दिएका छन् ।