संखुवासभाको दुई घरमा आगलागी

Newslaya Home

संखुवासभाको दुई घरमा आगलागी

शनिबार २५, असोज २०७६

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका र चिचिला गाउँपालिका स्थित दुई घरमा आगलागी भएको छ ।

शुक्रबार राती चुल्होबाट आगो सल्किएर चिचिला गाउँपालिका वडा नं ३ का कबिर राईको घर जलेर नष्ट भएको छ ।
घरसंगै किराना पसलमा रहेको ३० बोरा चामल, अन्य किराना मालसामानहरु, नागरिकता, मोटरसाईकलको बिलबुक र लाईसन्स समेत पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

उक्त घर स्थानीय उतर बहादुर राईले भाडामा लिएर पसल संचालन गर्दै आएका थिए ।
संखुवासभा जिल्लाकै पाँचखपन नगरपालिका वडा नंं ३ भकारेमा सुरेन राई बस्दै आएका गजेन्द्र गिरीको घरमा पनि बिहिबार दिउँसो आगलागी भएको हो ।

खानेपानीको पाईप बनाउन गएको बेला भान्सा कोठाबाट आगो सल्किएर आगलागि हुँदा घर भित्र रहेका अन्न, काठपात, भाडावर्तन समेत पूर्ण रुपमा जलेर नष्ट भएको छ भने करिब दुई सय किबी सखुवाको काठ जलेर नष्ट भएको वडाध्यक्ष शुक्रराज राईले बताएका हुन् ।