कालो रङको मास्क प्रयोगमा दुई दिन प्रतिबन्ध

Newslaya Home

कालो रङको मास्क प्रयोगमा दुई दिन प्रतिबन्ध

शनिबार २५, असोज २०७६

काठमाडौं । उपत्यकाका सबै क्षेत्रहरुमा कालो रङको मास्क प्रयोगमा दुई दिन प्रतिबन्ध गरिने भएको छ ।

आज र भोलि यात्रुहरुलाई कालो रङको मास्क नलगाउन अनुरोध गर्दै प्रहरी प्रधान कार्यालयले उपत्यकाका सबै प्रहरी कार्यालयहरुमा सर्कुलर जारी गरेको छ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका समयमा कालो मास्कले विरोधको संकेत जनाउने भएकाले यसको प्रयोगमा निषेध गरिएको छ । साथै भब्य स्वागतका क्रममा विरोध जनाउने अन्य कुनै पनि संकेत नदेखियोस् भन्नेमा सरकार सचेत रहेकाले यस विषयमा प्रहरी मुख्यालयले सर्कुलर जारी गरेको हो।

सवारी चल्ने क्षेत्रमा हिँड्ने यात्रुलाई पनि कालो रङको मास्क प्रयोगमा प्रतिबन्ध लगाउँदै दुई दिनपछि भने जुनसकै रङको मास्क लगाउन सकिने छ ।
राजधानीका सडकमा उड्ने धुलोबाट बच्न मास्क लगाउने गरेको भए पनि शनिबार र आइतबार गरि दुई दिनलाई यसको प्रयोगमा निषेध गरिएको हो ।