तुलसी प्रयोग गर्नुका फाइदाहरु

Newslaya Home

तुलसी प्रयोग गर्नुका फाइदाहरु

शनिबार २५, असोज २०७६

अत्याधिक मात्रामा अक्सिजन प्रदान गर्ने तुलसी जुनसुकै स्थानमा पाइने एक वनस्पति हो।

यसलाई स्वास्थ्यका क्षेत्रमा पनि अत्यन्तै महत्वपूर्ण मानिन्छ। यसका जरा, डाँठ, पात, फूल र फल औषधिको रुपमा प्रयोग हुने गर्छन् ।

श्वासप्रश्वास र रगत सम्बन्धी समस्यामा औषधिको रुपमा प्रयोग गरिदैँ आएको तुलसीको बिहानको समयमा ३–४ वटा पत्ता खानाले विभिन्न प्रकारका आन्तरिक रोगहरू निर्मूल हुने विज्ञहरुले समेत बताएका छन् ।

यो धातु रोगका लागि एकदमै राम्रो औषधि मानिन्छ। तुलसी जनेन्द्रिय चिलाउने, खटिरा आउनेजस्ता चर्मरोगमा पनि फाइदाजनक मानिन्छ।
तुलसी भिजाएको पानी मात्र खाँदा पनि रुघाखोकी, दम, निमोनिया आदिमा फाइदा पुग्छ।


यो सेवनले कलेजोलाई पनि फाइदा पुर्याउँनुका साथै पाचन प्रणाली सक्रिय गराउँछ ।
यसको बास्नाले मात्रै पनि घर वरिपरी विषालु किटाणुहरूको प्रवेश गर्न नसक्नुका साथै प्रदूषणलाई पनि रोक्ने काम गर्दछ।

Image result for तुलसी